बैतडीमा जीप दुर्घटना, चालक सहित ३ जना घाइते

२ बर्ष अघि

२0७८ आश्विन ४ सोमबार

बैतडीमा जीप दुर्घटना, चालक सहित ३ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटनामा परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँ स्थित कच्ची सडक खण्डमा जीप दुर्घटनामा परेको हो । मेलौली नगरपालिका  ढणौनबाट देहिमाण्डौँ आउदै गरेको भे १ च १११६नं को जीप सोमबार विहना साढे ९ बजे देहिमाण्डौँ सलेना कच्ची सडक खण्डको घुसुल्ला मोडमा दुर्घनामा परेको देहिमाण्डौँ प्रहरी चौकीका इन्चार्ज केशब सिहँ भण्डारीले जानकारी दिनुभयो । 
कच्ची सडकमा जीप पल्टेको हो  ।  दुर्घटनाम परि चालक सहित ३ जना सामान्य घाइते भएका छन् । जीपमा १३ जना सवार रेहेकोमा चालकको मात्रै हातमा चोट लागेको र अरु सबै सकुशल रहेका प्रहरीले जनाएको छ । चालकलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ भने अन्य दुइजनाको स्वास्थ्य चौकी देहिमाण्डौँमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन् । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।