जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

३ बर्ष अघि

२0७८ आश्विन ३ आईतवार

जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

काठमाडौं । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो । प्रत्येक १०र१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको छ । जनगणनाको मुख्य गणना भने २५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ ।

मन्त्रालयको निर्णय अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना काममा काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थानरनिकायमै रहने व्यवस्था मिलाउन भनिएको हो ।