स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्ट जनसेवाश्री पदकबाट सम्मनित

३ बर्ष अघि

२0७८ आश्विन ३ आईतवार

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्ट जनसेवाश्री पदकबाट सम्मनित

दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्ट संविधान दिवसको अवसरमा नेपाल सरकारबाट जनसेवाश्री पदले सम्मनित हुनुभएको छ।दार्चुला जस्तो विकट जिल्लामा स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य कार्यालय प्रमुख भट्टलाई सरकारले दिवसको अवसरमा जनसेवाश्री पदक प्रदान गरेको हो । नेपालको संविधानको धारा २ सय ७७ को उपधार १ बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेका हुन् । संविधान दिवसको अवसरमा देशभर राष्ट्रपति विद्यादेवि भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलंकार तथा पदक प्रदान गरेका छन् ।