२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित

३ बर्ष अघि

२0७८ आश्विन २ शनिबार

२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित

काठमाडौँ ।  विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजार ३१६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा ३५ हजार ३६७, ब्राजिलमा ३३ हजार ५१९, र बेलायतमा ३२ हजार ६५१ जना संक्रमित फेला परेका छन् ।

यही अवधिमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा धेरै छ । जहाँ एक हजार ९२० जना रहेका छन् । त्यसैगरी, ब्राजिलमा ४६७, भारतमा २८५, बेलायतमा १७८ जना छन् ।  यससँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४६ लाख ९२ हजार नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या २२ करोड ८३ लाख ६७ हजार पुगेको छ । यीमध्ये २० करोड ४९ लाख ३० हजार निको भइसकेका छन् ।