१८औं एसियाली खेलकुद: नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित

६ बर्ष अघि

२0७५ भाद्र ३ आईतवार

१८औं एसियाली खेलकुद: नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित

दृष्टीकोण समाचार भाद्र ३ दार्चुला  १८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ ।सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल जितबिहीन हुँदै घर फर्कियो ।इण्डोनेशियाको बेकासीमा रहेकाे प्याट्रियट्स चन्द्राबागा रंगशालामा खेलको १२औं मिनेटमै नेपालले उपहार गोलमार्फत अग्रता लिएको थियो । रोहित चन्दको प्रहार क्लियर गर्न लाग्दा पाकिस्तानका साहवाज योनासले आफ्नै पोष्टमा गोल गरेका थिए ।पहिलो हाफमा लिएको अग्रता नेपालले जोगाउन सकेन । ५४औं मिनेटमा मोहम्मद विलालले गोल गरी खेल बराबरीमा ल्याए । ७२औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो । नेपाली कप्तान किरण चेम्जोङलाई छक्याउँदै पाकिस्तानका सद्धाम हुसेनले गोल गरी अग्रता दिलाए ।त्यसयता गोल हुन सकेन र नेपाल तेस्रो खेलमा पनि पराजित भयो ।एसियाड अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डीमा परेकोमा पहिलो खेल जापानसँग १–० ले हारेको थियो भने दोस्रो खेलमा भियातनामसँग पनि ३–० ले हारेको थियो । पाकिस्तानलाई हराउँदै समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा पुग्ने नेपालको सम्भावना पनि यो हारसँगै सकिएको छ । 

अन्तिम अपडेट: भदौ ३, २०७५