दार्चुलामा ६ जना बालबालिकामा कोरोना संक्रमण

३ बर्ष अघि

२0७८ आश्विन २ शनिबार

दार्चुलामा ६ जना बालबालिकामा कोरोना संक्रमण

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा तीन दिनको अवधिमा छ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा बालबालिकामा कोरोना संक्रमण देखिएको हो । बिहीबार जिल्लाका २ जना ४ महिना र १० महिनाको बच्चामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टले बताउनुभयो । एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएका महाकाली नगरपालिका ४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रिफर गरिएको छ । 
अस्पतालमा भाइरल फिबरका विरामी बढ्दै गएपछि अस्पतालले एन्टिजेन परिक्षण गर्न थालेको हो । अस्पतालका अुनसार एक महिनाको अवधिमा जिल्ला अस्पतालमा ३८ जनामा एन्टिजेन परिक्षण पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकामध्ये ६ जना अस्पतालमा भर्ना भएका छन् । मौसममा आएको परिवर्तनका कारण अहिले विरामीको संख्या बढ्दै गएको छ । 
अस्पतालमा कोरोना पोजेटिभ बालबालिका देखिन थालेपछि अस्पतालले १० बेडको आइसोलेसन बनाउन थालेको छ। चिकित्सकले तेस्रो चरणमा बालबालिकालाई कोरोनाको असर बढि देखिने बताउँदै आएका छन् ।