सुनको भाउ सात सय रुपैयाँले घट्यो

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

सुनको भाउ सात सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९० हजार ५  सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।