च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले इन्टर मिलानलाई १–० ले हराएको हो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले गोल गरेका थिए।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गरेका थिए। सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो।