दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । मुद्रा व्यवस्थापन विभागले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्रको हकमा असोज ४ गतेदेखि सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण हुने जनाएको हो ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयबाट नयाँ नोट साँट्न सकिने जनाइएको छ ।  प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउने गरेको छ ।

नयाँ नोट साँट्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत राष्ट्र बैकले अनुरोध गरेको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन ।