जीप दर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

जीप दर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । रामेछापको जीप दुर्घटनामा परी एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पा रहेका छन् । दुर्घटनामा १० वर्षीय बालक घाइते भएको छन् । उनको मन्थलीको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।