दार्चुलामा भाइरल ज्वरोका बिरामी बढे, सर्तक रहन डाक्टरको आग्रह

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

दार्चुलामा भाइरल ज्वरोका बिरामी बढे, सर्तक रहन डाक्टरको आग्रह

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित बनेका छन् । अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरुमा पनि विरामीको भीड लागेको स्वास्थ्यकर्मी बतातउँछन् ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको संख्या बढेको स्वास्थ्य सस्थाले जनाएका छन्। जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टका अनुसार ल्याब परिक्षणको लागि दैनिक ७० देखि ८० जना विरामी अस्पतालमा आउने गरेका छन् ।  ओपिडिमा मात्रै १५० बढि विरामी आउने गरेका छन् ।  अस्पताल आउने विरामीहरुमा भाइरल लक्षण बढि देखिने गरेको छ ।
 अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको अस्पतालका डाक्टर आद्रर्श लिम्बुले बताउनुभयो । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।