मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

३ बर्ष अघि

२0७८ भाद्र ३0 बुधबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

दार्चुला । जिल्लाको महाकाली नगरपालिका–५ खेट्टेबगडमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा शैल्यशिखर नगरपालिका—९ का जगदीश साउँद र लेकम गाउँपालिकाका हर्क सिंह धामी रहेको प्रहरीले जनाएको छ ।

बुधवार बेलुकी दार्चुला सदरमुकामबाट गोकुलेश्वर तर्फ गइरहेको सु.प.प्र ७४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि घाइते भएका जगदीशको अवस्था गम्भीर रहेको छ भने हर्क सिंह धामीको अवस्था सामान्य रहेको जनाइएकोछ ।

गम्भीर घाइते भएका साउँदलाई धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । मोटरसाइकल सडकबाट २० मिटर तल खसेको थियो ।