दार्चुलामा व्याटमिन्टन प्रतियोगिता सुरु

३ बर्ष अघि

२0७८ भाद्र ३0 बुधबार

दार्चुलामा व्याटमिन्टन प्रतियोगिता सुरु

दार्चुला ।  कर्मचारी मिलन केन्द्र दार्चुलाले आयोजना गरेको व्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । संविधान दिवसको अवसरमा सञ्चालन भएको प्रतियोगिताको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले उद्घाटन गर्नुभयो । खुला युगल व्याडमिन्टन प्रतियोगितामा जिल्लाभरीबाट १९ वटा टिमको सहभागिता रहेको कर्मचरी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमरसिह धामीले बताउनुभयो । प्रतियोगिता लिगचरणमा भइरहेको छ । डिभिजन वन कार्यालय दार्चुलाको परिसरमा भइरहेको प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने टिमले टफ्रि नगद ६ हजार तथा द्वितीय टिमले ४ हजार रुपैयाँ पुरुस्कार पाउने छन् ।प्रतियो्गिता असोज २ गतेसम्म सञ्चालन हुनेछ ।