अजयको गीतमा सन्तोष र कञ्चन

३ बर्ष अघि

२0७८ भाद्र २९ मंगलवार

अजयको गीतमा सन्तोष र कञ्चन

काठमाडौं । प्रदर्शोन्मुख फिल्म ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’को भिडियो रिलिज भएको छ ।  अजयकुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतमा फणिन्द्र राईको एरेञ्ज छ । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा निर्देशक अधिकारीसँगै मोडल कञ्चन भुजेल फिचर्ड छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।