त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै

३ बर्ष अघि

२0७८ भाद्र २९ मंगलवार

त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । 
अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४स्१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । 
पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

तथापि बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । लिग(२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

ओमान लिग(२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिग २ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।