सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको मूल्य

३ बर्ष अघि

२0७८ भाद्र २९ मंगलवार

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको मूल्य

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।