दार्चुलामा दुई हजार बढी परिक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

३ बर्ष अघि

२0७८ भाद्र २८ सोमबार

दार्चुलामा दुई हजार बढी परिक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

दार्चुला । भदौ ३० गतेबाट संचालन हुने कक्षा १२ को परिक्षामा सहभागी हुने जिल्लाका दुई हजार बढी परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हिजाेबाट भदौ २९ गते सम्म अमेरिकामा उत्पादन भएको कोरोना विरुद्धको एस्ट्राजेनिका खोप उनीहरुलाई लगाइदै छ । जिल्ला भरीका १८ वर्ष माथिका  कक्षा १२ को परिक्षामा सहभागी हुने दुई हजार बढी परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर विरेन्द्र भट्टले जानकारी दिनभुयो ।
   स्थानिय तहहरुको समन्वयमा परिक्षार्थीको तथ्याङक संकलन गरी संख्याको आधारमा खोप केन्द्रमा कोरोना विरुद्धको खोप पठाएको उहाले बताउनुभयो । कक्षा १२ को परिक्षामा सामेल हुने दुई हजार बढी परिक्षार्थीलाई प्रवेशपत्रको आधारमा जिल्लाका ९२ खोप केन्द्रहरुबाट उनिहरुलाई खोप लगाइने बताईएको छ । नेपाल सरकारको निति अनुसार कक्षा १२ को परिक्षामा सामेल हुने परिक्षार्थीलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन उक्त खोप लगाईदै छ ।


   कोरोना संक्रमण फैलिन नदिन यसवर्ष जिल्लाभरी रहेका २७ वटै माध्यामिक विद्यालयहरु बाटै परिक्षा संचालन गरिने शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाले जनाएको छ । जिल्ला भरीबाट करिव २ हजारको संख्यामा रहेका विद्यार्थीहरुले कक्षा १२ को परिक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । यता विद्यार्थीहरुले भने कोरोनाका कारण विद्यालय बन्द हुँदा सोचेको जति पढाई गर्न नपाएको बताएका छन् ।