महाकाली नगरपालीकाको ८ काकँडामा खहरे खोला बढेपछी बाटो अबरुद्ध 

६ बर्ष अघि

२0७५ भाद्र २ शनिबार

महाकाली नगरपालीकाको ८ काकँडामा खहरे खोला बढेपछी बाटो अबरुद्ध 

दृष्टिकोण समाचार दार्चुला भाद्र,०२ 
महाकाली लोकमार्ग अन्तर्गत महाकाली नगरपालिका ८ काँकडा स्थीत खहरे खोलामा आएको बाढिले सडक बगाउँदा यातायात सेवा अबरुद्ध भएको छ  । शुक्रबार बेलुकीको अबिरल बर्षा संगै आएको बाढिका कारण खहरे खोलामा एक्कासी पानीको सतह बढ्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चूलाले जनाको छ । 

आज बिहानै बाट लोकमार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दा यात्रहरु अलपत्र परेका छन । यस्तै हिजो रातीको अबिरल बर्षा संगै आएकोृ बाढिका कारण महाकाली लोकमार्ग अन्तर्गत बिभिन्न ठाउँको सडक खण्ड अवरुद्ध भएको छ । महाकाली  नगरपालिकाको काकँडा स्थीत खहरे खोलामा पानीको सहत नघटेको कारण सडक स्ुचारु गर्न अझै केहि समय लाग्ने र सडक सुचारुका गर्ने कार्य भएरहेकाले दिउँसो सम्म गाडी चल्न सक्ने सम्भावना र्हेको प्रहरी प्रबक्ता हिक्मत बहादर बोहराले जानकारी दिनु भयो ।