राष्ट्रबादी स्वर्गीय नेता प्रेमसिंह धामीको २४ औँ स्मृति दिवस एवं दशौ साधारण सभा सम्पन्न

३ बर्ष अघि

२0७८ भाद्र २७ आईतवार

राष्ट्रबादी स्वर्गीय नेता प्रेमसिंह धामीको २४ औँ स्मृति दिवस एवं दशौ साधारण सभा सम्पन्न

दार्चुला ।  कालापानी हाम्रै हो, कालापानी काठमाण्डौँलाई किन दुख्दैन कालापानी नेपालको मुटु हो भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक विकासका धरोहर स्वर्गिय प्रेम सिह धामीको आज २४ औँ स्मृति दिवस एव दशौ साधारण सभा सम्पन्न भएको छ ।  

प्रेमसिंह धामी स्मृति प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा आज स्मृति दिवससंगै वार्षिक साधारण सभाको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष किसनसिंह धामीले बताउनुभयो ।
राष्ट्रियताका सवाल उठाएर राजनीतिक बृतमा चर्चा कमाएका राष्ट्रबादी नेता धामीको २०५४ भाद्र २७ गते आजकै दिन नुवाकोटको मदनापुर गाविस वडा नम्बर ३ क्युरिनिभीरमा जीप दुर्घटनामा परी निधन भएको थियो । हरेक वर्ष भाद्र २७ गतेलाई प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले स्वर्गीय नेता धामीको स्मृति दिवस मनाउदै आएको छ भने दुई दिन पछि भादर्् २९ गते नेता धामीको जन्म जयन्ती मनाउने गरेको छ ।
२००९ साल भदौ २९ गते जन्मिएका जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा आएका राष्ट्रबादी नेता धामीको स्मृतिमा प्रेम सिह धामी स्मृति प्रतिष्ठानले आज कार्यक्रमको आयोजना समेत गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठानको बार्षिक आयव्यय समेत प्रस्तुत गरिएको छ । बार्षिक आम्दानी ३९लाख ९७ हजार ५ सय ५५ रहेको छ भने खर्च ४१ लाख ६हजार १ सय ७५ रहेको प्रतिष्ठानका अध्यक्ष किसन सिह धामीले जानकारी दिनु भयो । 
मालिकार्जुन गाउँपालिका ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर दार्चुलामा जन्मीएका धामीले नेपालको राष्टीयता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुचमार्ग केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याएका छन । पञ्चायतकालसम्म जागीर गरेर बहुदलको स्थापना संगै राजनीतिक मैदानमा होमीएका धामीले २०४८ सालमा कञ्चनपुरबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे तर पराजय भोग्नुप¥यो । नेता धामीले निर्वाचन लडेको झन्डै एक वर्षपछि २०४९ सालमा नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए  ।

छोटो समयमै आफ्नो राजनीतिक छबि र पहुच केन्द्रसम्म बिस्तार गरीसकेका धामीले २०४९ सालदेखी नै पार्टीको महाकाली अञ्चल ईन्चार्ज र ३३ जनाको तत्कालिन मालेको केन्द्रीय कमिटि सदस्यको जिम्मेवारीमा रहि काम गरेका थिए ।  धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा विजयी हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभयो । ९ महिनामा सरकार बिगठन भएको केहि समयपछि नेपालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान अध्ययन कार्यदलको संयोजक भएर काम गर्नुभयो ।

यसै विच 
प्रेमसिह धामी स्मृति प्रतिष्ठानको १० औँ साधारण सभाबाट पुनः अध्यक्षमा किसन सिह धामी चयन भएका छन ।  आईतबार प्रेमसिंह धामीको २४ औँ स्मृति दिवस एवं दशौ साधारण सभाबाट उहाँलाई पुनः जिम्मेबारी दिएका हुन । जसमा अध्यक्ष किसन सिह धामी, उपाध्यक्ष कल्यान सिह धामी, सचिव दिपेन्द्र सिह धामी , सहसचिव भुवन सिह धामी, कोषाध्यक्ष कल्यान सिह धामी र सदस्यहरुमा विषन सिह बोहर , मिनबहादुर धामी, लक्ष्मण सिह धामी , पदमसिह साँउद , पुलुरी धामी र कलावती धामी चयन भएका छन ।
 प्रेमसिंह धामीको २४ औँ स्मृति दिवस एवं दशौ साधारण सभाको अध्यक्षता किसन सिह धामीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दार्चुलाका उपप्रमुख कृष्ण सिह धामी, विशिष्ट अतिथि नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामी र मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामी रहनु भएका थिए भने प्रतिष्ठानका पदाधिकारीहरु लगाय पत्रकारहरुको सहभागिता रहेको थियो ।