दुहूँका वाढि पहिरो पिडितहरुका लागि सहयोग अभियान सञ्चालन

३ बर्ष अघि

२0७८ भाद्र २६ शनिबार

दुहूँका वाढि पहिरो पिडितहरुका लागि सहयोग अभियान सञ्चालन

दार्चुृला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा यहि भाद्र १३ गते परेको अविरल वर्षाका कारण प्रभावित वाढिपहिरो पिडितहरुका लागि सहयोग संकलन अभियान शुरु भएको छ । वाढि पहिरो पिडित सहयोग संकलन समिति दुहुँ गाउँपालिका दार्चुलाको आयोजनामा हिजो जिल्ला सदरमुकाम खलंगाको गल्फै क्षेत्रवाट अभियान सुरु भएको छ । अभियान एक हप्ता सम्म चल्ने सहयोग संकलन अभियानका अध्यक्ष लोकेन्द्र वहादुर वंमले जानकारी दिनुभयो ।

३ दिन सम्म जिल्ला सदरमुकाम खलंगा र वाकि ४ दिन गाउँपालिकाको प्रत्येक वडा वाट सहयोग संकलन अभियान संञ्चालन हुने अध्यक्ष वंमको भनाई छ । वाढि पहिरो पिडित सहयोग संकलन समिति दुहुँ गाउँपालिका दार्चुलाले ७ दिनको समयमा ५ लाख भन्दा वढी सहयोग रकम संकलन गर्ने लक्ष्य रहेको समितिका कोषाध्यक्ष पुरन सिह साहुले जानकारी दिए ।


त्यस्तै जिल्ला वाहिर र देश वाहिर रहने नागरीकहरुका लागि नेपाल ईन्भेष्टमेन्ट वैंक शाखा कार्यालय हिकिलामा रहेको वाढि पहिरो पिडितका लागि सहयोग संकलन अभियानको खाता नं। ०७८०५०५०२६५२३१ मा समेत जम्मा गर्न सकिने समितिले जनाएको छ । संकलन रकम गाउँपालिकाकोे समन्वयमा पारदर्शि रुपमा पहिरो प्रभावित पिडितहरुलाई उपलब्ध हुने समिति अध्यक्ष वंमको भनाई छ ।