एक महिलाको भीरबाट लडेर मृत्यु

३ बर्ष अघि

२0७८ भाद्र १९ शनिबार

एक महिलाको भीरबाट लडेर मृत्यु

दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका गणेश सिंह ठगुन्नाकी पत्नी वर्ष २५ की सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको मृतकका आफन्त दानसिंह ठगुन्नाले बताएका छन् । मार्मा गाउँपालिका वडा नम्बर ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रका भीरबाट लडेर ज्यान गएको छ । 
मृतक ठगुन्नाकी श्रीमान र एक छोरा छन् ।
दार्चुलाका ग्रामीण क्षेत्रमा विगतदेखि यसरी घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ । वर्षेनी घाँस काट्ने क्रममा ज्यान गुमाएका घट्ना भइरहेका छन् ।