खोतिला पहिरो व्यवस्थापनका लागि पहल चालिदै ३ प्याकेजमा काम सुचारु हुने

६ बर्ष अघि

२0७५ भाद्र १ शुक्रबार

खोतिला पहिरो व्यवस्थापनका लागि पहल चालिदै ३ प्याकेजमा काम सुचारु हुने

 राम सिह धामी दृष्टिकोण समाचार ,दार्चुला

दार्चुला सदरमुकामको बाँगाबोड क्षेत्रको पारिपटि रहेको खोतिला पहिरो व्यवस्थापनका लागि आज दुई देशका पदाधिकारीहरुले निरिक्षण गरेका छन ।

भारतकाे धारचुलामा रहेकाे खोतिला पहिरोका कारण नेपाल तर्फको बाँगाबोगड क्षेत्र जोखिम्मा रहेको भन्दै बारुमबार पहिरो हटाउनका लागि नेपाल तथा भारतिय अधिकार कर्मीहरुलाई आग्रह पछि शुक्रबार भरतिय ईनजिनियर र नेपलका तर्फबाट महाकाली नदिनियन्त्रणका पदाधिकारी लगायत सरोकारवाल निकायको टोलिले पहिरो व्यवस्थापनका लागि पहलि कदम चालेका छन ।  आज भारतिय अधिकारीहरुको टोलि र नेपालका सरोकारवाला निकायका पदाधिकारीहरुले संयुक्त रुपमा पहिरोको अनुगमन गरि छिटै त्यसको व्यवस्थापन गर्ने निर्णय भएको छ । खोतिला पहिरो खसेमा नेपाल तर्फको बाँगाबोगड बस्ती उच्च जोखीममा रहेकाले पनि छिटो भन्दा छिटो भारत सरकारले पहिरो हटाउने तयारी गरिरहेको भारतिय टोलिमा सहभागी ईनजिनियर भुपेन्द्र सिहले बताउनु भयो ।नेपार भारतको सिमा बैठकमा खोतिला पहिरो व्यवस्थापनका लागि बेला बेला कुरा उठीरहने र अवको केहि दिनमा नै पहिरोको विच भागमा रहेको चटान हटाउने तयारी भएको र खोतिला पहिरोलाई तीन भागमा बिभाजन गरि काम अगाडि बढाउने तयारी भएको महाकाली नदिनियन्त्रण आयोजनाका ईनजिनियर मुकेश पाठकले जानकारी दिनु भयो ।

दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.४ बाँगाबोगडमा निर्माण गरिन लागेको महाकाली तटवन्ध निर्माणमा पनि खोतिला पहिरोले ठुलो क्षेति पुगाएकाले अब छिटो भन्दा छिटो खोतिला पहिरो व्यवास्यापन गरिने वितिकै महाकाली नदि नियन्त्रणको काम पनि अगाडि बढाउने तगारी भईरहेको ईन्जीनियर मुकेश पाठकले जानकारी दिएका छन । खोतिला पहिरो अनुगम पश्चात अवको केहि दिन भित्रै पहिरो व्यवस्थापनको काम अगाडि बढाउने र जोखिम न्युनिकरणमा सहयोग पुग्ने खालको काम गरिने दार्चुलाका सहय प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो ।