नेपाली सेनाले ४ हजार सैन्य पदको लागि भर्ना खोल्यो, कहाँ कति सूची सहित

३ बर्ष अघि

२0७८ भाद्र १८ शुक्रबार

नेपाली सेनाले ४ हजार सैन्य पदको लागि भर्ना खोल्यो, कहाँ कति सूची सहित

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै सेनाले सबै समुहतर्फका लागि ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । देशभरका विभिन्न २६ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ । खुला तर्फ २ हजार ९६ जना महिला तर्फ ३६० जना, आदिवासी÷जनजाती तर्फ ५७३ जना, मधेशी तर्फ ५०५ जना, दलित तर्फ २७३ जना, पिछडिएको क्षेत्रका लागि ८५ जना, सैनिक तालिमा वा आफ्नो कर्तव्य पुरा गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि १०८ जना गरी जम्मा ४ हजार सैनिकका लागि दरखास्त आह्वान गरिएको हो । असोज १६ गते सम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर बुझाई असोज २४ गते सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।