बाढी पहिरो बाट ४५ घर भत्किए, एक सयबढि घरधुरी पहिरोको जोखिमा

३ बर्ष अघि

२0७८ भाद्र १७ बिहीबार

बाढी पहिरो बाट ४५ घर भत्किए, एक सयबढि घरधुरी पहिरोको जोखिमा

दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा भदौ १३ गते राती र बुधबार आएको बाढिपहिरोका कारण ४५ बढि घरधुरी पहिरोका कारण भत्किएका छन् । गाउँपालिकाको वडा नम्बर १, २,३ र ५ का अधिकांश घरधुरी पहिरोले भत्काएको हो । यस्तै गाउँपालिकाभरीका एक सय बढि घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले घर भत्किएर जोखिममा परेका वस्तीमध्ये अफरे नसली लगायतका स्थानीयलाई गौरीलमाण्डौं मावि हिकिलामा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । यस्तै सुत्कोलालगायतका पहिरो पीडितलाई तितराडी र लिखाडमा राखिएको छ ।

वडा नम्बर १ पिपलचौरीका बाढिपीडितलाई विद्यालयकै भवनमा राखिएको छ । यो वर्ष गाउँपालिकाको सबै भन्दा बढि क्षति वडा नम्बर ३ र ५ मा भएको छ । मंगलबार राती पनि दुई तिन वटा घर पहिरोले ध्वस्त भएको छ ।  गाउँभरी सयौं पहिरो फुटेको छ । एक गाउँबाट अर्को गाउँ जानसम्म बाटो छैन्, दुहुँको वडा नम्बर ५ मा सबैभन्दा बढि जोखिममा छ । बाटो घाटो नै नभए पछि गाउँपालिका र स्थानीय श्रमशिविर लगाएर बिहीबारदेखि बाटो खोल्ने काम थालनी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, केही गाउँपालिकामार्फत र केही श्रमरोजगार चलाएर बाटो खोल्ने तयारी गरेका छौ ।  बाढिले गाउँपालिकाभित्रका सात वटा झोलुंगे पूल बगाएको छ । झोलुंगे पूल बगाएको ठाउँमा काठेपुल लगाउने तयारी गरेका छौं कार्कीले भन्नुभयो । यस्तै वडा नम्बर ५ को गुना आधारभूत विद्यालय जोखिममा छ ।