हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

३ बर्ष अघि

२0७८ भाद्र १७ बिहीबार

हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

दार्चुला ।  दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बाढिपहिरोले क्षतविक्षप्त बनेको दुहुँ गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको छ । भदौ १३ गतेको पहिरोले दुहुँसम्म सडक तथा बाटो अवरुद्ध भएको भन्दै खाद्यान्न अभाव हुन नदिन हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गर्नुभएको हो ।
गाउँ जाने पुल पुलेसा बाटो घाटोसबै अवरुद्ध छ । तत्काल गाउँसम्म सडक सुचारु हुन नसक्ने भएको हुँदा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानीको लागि प्रशासनलाई सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । दुहुँ गाउँपालिकाले तत्काललाई एक सय क्वीन्टल चामल, पाँच क्वीन्टल दाल, दुई सय लिटर तेल, पाँच क्वीन्टल नुन र ५ हजार मिटर पाइप ढुवानी गर्न माग गरिएको छ ।