वेपत्ता दाजुभाईको कुषको मूर्ति बनाएर अन्त्येष्टि

३ बर्ष अघि

२0७८ भाद्र १७ बिहीबार

वेपत्ता दाजुभाईको कुषको मूर्ति बनाएर अन्त्येष्टि

दार्चुला । निजाङखोलामा आएको बाढिले वेपत्ता बनाएका दुई जना दाजुभाईको कुषको मूर्ति बनाएर शवको अन्त्येष्टि गरिएको छ । दुहुँ गाउँपालिका ३ निजाङवस्तीका हरकसिह कार्की र शेरसिह कार्कीको शव नभेटिए पछि परिवारजनले मूर्ति बनाएर अन्त्येष्टि गरेका हुन् ।  आइतबार राती महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको सीमा भएर बग्ने निजाङखोलामा आएको बाढिले कार्की दाजुभाई वेपत्ता भएका थिए । बिहान २ः३० बजे घट्ट गएका दुवै भाई वेपत्ता भएका थिए । सो क्षेत्रमा रहेका आधादर्जन पानी घट्टको नाम निसाना छैन् । खोलामा पानी घटेको छैन् ।

शव भेटिने अवस्था नआएपछि परिवारजनले उनीहरुको कुषको मूर्ति बनाएर अन्त्येष्टि गरेको जितु धामीले जानकारी दिनुभयो । वेपत्ता जयसिहका ५ छोरी, १ छोरा र श्रीमति छ भने शेरसिहको १ छोरा १ छोरी र श्रीमति छन् । दिउँसो घट्ट जादाँ पालो नपाइने भएपछि उनीहरु राती नै घटट गएका थिए । निजाङगाड खोलामा आएको बाढिले दुई जनाको ज्यान जानुको साथै एक दर्जन बढि घर पसल तथा दार्चुला तिंकर सडक खण्डमा रहेको निजाङगाड मोटरवेल पुल बगाएको थियो । यस्तै यहि खोलामा रहेका झोलुंगे पूल, भैसी, बाख्रा खसी लगायतका पशुचौपाया र खेतबारीमा ठूलो नोक्सान पुर्याएको छ ।  दुहुँमा आएको बाढिपहिरोले अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन् भने दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।