नयाँ कानुन कार्यान्वयन गर्न सबैमा अनुराेध ( के के रहेछन त नयाँ एने )

६ बर्ष अघि

२0७५ भाद्र १ शुक्रबार

नयाँ कानुन कार्यान्वयन गर्न सबैमा अनुराेध ( के के रहेछन त नयाँ एने )

राम सिह धामी  दृष्टिकोणा समाचार दार्चुला 

जिल्ला अदालत कार्यालय दार्चुलाको आयोजनामा मुलुकी देवानी र मलिुकी अपराध संहिता ऐन २०७४ प्रारम्भ भएकाे जानकारी गराएका छन  ।

 भाद्र १ देखि लागु हुने संहिता कार्यान्वयनका लागि आवश्यक तयारी पुरा भएको र दार्चुलामा पनि यसकाे  कार्यान्वयन गराउन सरोकारवाल निकायका पदाधिकारीहरूले एकजुट भर्इ कार्यान्वयन गर्नु अावस्यक रहेकाे जिल्ला समन्वय सिमितका प्रमुख करवि बहादुर कार्कीले बताउनु भयाे । जिल्ला अदालत दार्चुलाकाे अायाेजना सञ्चालन भएकाे कार्यत्रममा अाफ्नाे शुभकामना मन्तव्य राख्दै समन्वय पमुख कार्कीले  जिल्ला सदरमुकामा मात्रै नभर्इ हरेक वस्ती बस्ती र टाेल टाेल सम्म नयाँ कानुका बारेमा जानकारी गराएमा मात्रै संहिता कार्यान्वयन गर्न सजिलाे हुने बताउनु भयाे । 

 नयाँ कानुनको कार्यान्वयनमा काम गर्न  सर्वोच्चले जारी गरेको  ‘मुलुकी देवानी संहिता ऐन, २०७४ र मूलुकी देवानी कार्यविधि संहिता ऐन, २०७४ को कार्यान्वयन गर्नका लागि  देवानी कार्यविधि सम्बन्धी दिग्दर्शन, २०७५ को मस्यौदा तयार भईसकेको जानकारी समेत गराएका थिए ।  जस अनुसार अदालत सम्बन्धी नियमावलीमा गर्नुपर्ने परिमार्जनका लागि गठित समितिले मूलुकी देवानी कार्यविधि (अदालती कारबाही) नियमावली, २०७५, मूलुकी फौजदारी कार्यविधि (अदालती रबाही)  नियमावली, २०७५, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) नियमावली, २०७५, जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७३ (संशोधन) सहितका ५ वटा नियमावलीहरु तयार र परिमार्जन भईसकेका छन् । छिटो छरितो न्याय, सबैका लागि न्याय भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अाज बाट देशभरी नयाँ संहिताहरुमा गरिएका कानुनी व्यवस्थाहरुलाई सरलीकृत रुपबाट कार्यान्वयन गर्ने उदेश्यका साँथ  जिल्ला अदालत दार्चुलले पनि कार्यत्रःमकाे अायाेजना गरेकाे श्रेष्तदार शेर बहादुर बिष्टले बताउनु भयो  । शुत्रःबार बाट  मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मूलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ प्रारम्भ गर्न सबै तयारी पुरा भएकाले त्यसको कार्यान्वयनमा  सरोकारवाला निकायको महत्वपुर्ण भुमिका रहेका बताएका छन । 

अाजकाे कार्यत्रःममा जिल्ला अदालतका श्रेष्तदार शेरबाहादुर बिष्टकाे अध्यक्ष रहनु भएका थिए भने  जिल्ला समन्वय प्रमुख करबिर बहादुर कार्की प्रमुख अतिथि रहेका थिए । कार्यत्रःममा नयाँ लागु हुने पाँचवटा संहिता एेनलार्इ प्रभावकारी रूपले लागुहाेस भनि सबैलार्इ जानकारी गराउने र गाँउ गाँउ सम्म पुगाउने प्रर्तिबद्दता गरेका छन । 

यी हुन अाजबाट लागुभएका पाँचवटा नयाँ  एेनहरू ः

 मुलुकि देवानी र मुलुकी अपराध एन २०७४को बारेमा जिल्ला सरकारी वकिल तथा सहायक जिल्ला न्यायधिवक्ता निरञ्जन स्थापितले जानकारी दिदै उहाँले २०७५भाद्र १ गतेबाट प्रारम्भ भएका एनहरु, मुलुकी देवानी (संहिता) ऐन २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४, मुलुकी अपराध (संहिता) एन २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन २०७४ का बारेमा सबैलार्इ जानकारी समेत गराएका थिए ।