चौलनी नदिमा एक युवा बेपत्ता

३ बर्ष अघि

२0७८ भाद्र १५ मंगलवार

चौलनी नदिमा  एक युवा बेपत्ता

दार्चुला । चौलनी नदिमा हाम फालेर मार्माका एक युवा बेपत्ता भएका छन । मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती  बस्ने ३६ वर्षका राजेन्द्रसिहँ बिस्ट बेपत्ता भएका हुन । सोमवार राति ८ः३० बजेतिर घर नजिकै बाट बग्ने चौलानी नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब विष्टले जानकारी दिनुभयो । अहिले ईलाका प्रहरी कार्यालय लटिनाथ बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजिकार्य गरीरहेको सूचना अधिकारी विष्टले बताउनु भयो ।   घटनाको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।