दार्चुला पहिरोका घाइतेको सेती अस्पतालमा उपचार सुरु

३ बर्ष अघि

२0७८ भाद्र १५ मंगलवार

दार्चुला पहिरोका घाइतेको सेती अस्पतालमा उपचार सुरु

दार्चुला । दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ ।  सोमबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी पुगाइएका दुहु गाउँपालिका–५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको हो । घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगाइएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् । मन्त्री जोशीले घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पता प्रशासनलाई निर्देशन दिएको छ ।