पहिरोमा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार

३ बर्ष अघि

२0७८ भाद्र १४ सोमबार

पहिरोमा घाइते भएका दुई जनालाई नेपाली सेनाको  हेलिकोप्टरमार्फत उद्वार

दार्चुला । पहिरोमा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीमा उपचार गर्नका लागि उद्धार गरिएको हो । दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।  बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।