दार्चुला पहिरो अपडेट ः घाइतेको उद्धार हेली मार्फत हुँदै

३ बर्ष अघि

२0७८ भाद्र १४ सोमबार

दार्चुला पहिरो अपडेट ः घाइतेको उद्धार हेली मार्फत हुँदै

दार्चुला । दार्चुला पहिरोमा परी गम्भिर घाइते भएका दुहुँ गाउँपालिका वडा नम्बर ५ का जनकराम पार्की र उजली देवी डडालको हेलिकप्टरद्धारा उद्धार गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रहमा गृह मन्त्रालयमले नेपाली सेना संग समन्वय गरी उनिहरुको उद्धारका लागी हेलिकप्टरको व्यवस्थापन गरेको हो । पहिरोमा परेर सक्त घाइते भएका उनिहरुलाई जिल्ला अस्पताल सम्म पुर्याउने बाटोघाटो नभएका कारण बाहिर लैजान हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मन्त्रालयलाई आग्रह गरे संगै उनिहरुको उद्धारका लागी सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर दार्चुलाका लागी उड्ने तयारीमा रहेको उहाले बताउनुभयो । 
 उक्त हेलिकप्टरले केहि राहातका सामाग्रीहरु समेत ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । गएराती भएको अविरल वर्षाका कारण घर माथी पहिरो खस्दा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमै परि दुहुँ गाउँपालिका–१ बास्पालीमा दुई जनाको मृत्यु भएको छ । बास्पालीका ६५ वर्षीय नर सिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    त्यसैगरी वडा नम्बर ५ का ५० वर्षिय सुत्खोलामा ५० वर्षीय मनुवा डडालको समेत पहिरोमा परी मृत्यु भएको छ । यसैबिच महाकाली नगरपालिका वडा नम्बर १ निजाङगाड खोलामा गएराती नै आएको बाढीमा परी दुहुँ गाउँपालिका–३ का शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता प्रहरीले जनाएको छ । बाढी र पहिरोले दुहुँ गाउँपालिकामा २ लघुजल विद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ, भने निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका–१ श्रीबगड स्थित तिंकर सडकको पक्की मोटरेवल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्ज पोष्ट र खोला किनारका ४ पसलहरु बगाएको छ ।