गोकुलेश्वरबाट महेन्द्रनगरका लागि छुटेको स्कारपिओ दुर्घटना

३ बर्ष अघि

२0७८ भाद्र १४ सोमबार

गोकुलेश्वरबाट महेन्द्रनगरका लागि छुटेको स्कारपिओ दुर्घटना

दार्चुला ।  बैतडीको दोगडाकेदार गाउँपालिकास्थित खोचलेकमा स्कारपिओ जीप दुर्घटना भएको छ । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जादैँ गरेको बा १२ च ४२४० नम्बरको जीप आज ९बिहान० साढे सात बजे दुर्घटना भएको हो । जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरी चौकी खोचलेकले जनाएको छ । दुर्घटनामा परि सामान्य घाइते भएका ३४ बर्षिय चालक हरिश बोहराको खोचलेकस्थित क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हिजो महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ जीप फर्किने क्रममा दुर्घटना भएको हो । जीपमा चालक र १ जना यात्रु बाहेक अरु कोहि नभएको प्रहरीले जनाएको छ । जीपमा सवार अर्का यात्रु दानसिंह भाट भने सकुशल रहेका छन् ।