दार्चुलामा १४ करोड ५४ लाखमा नेपाल भारत जोडने पुल  (फाेटाे फीचर)

६ बर्ष अघि

२0७५ श्रावण ३१ बिहीबार

दार्चुलामा १४ करोड ५४ लाखमा नेपाल भारत जोडने पुल  (फाेटाे फीचर)

राम सिह धामी दृष्टिकोण समाचार दार्चुला ।
दार्चुला जिल्लाको महाकाली नगरपालीका ८ सुरकाँडा र भारतको पिथौरागड जिल्ला धारचुला छार्चुममा १४ करोड ५४ लाखमा नेपाल भारत जोड्ने मोटरेवल पुल निर्माण हुने भएको छ । 
बिहिबार दुई देशका अधिकारीहरुले नेपाल भारत जोड्ने पुल निर्माण गरिने ठाँउको अवलोकन गरेका छन । महाकाली नगरपालीका वडा नं.८ सुरकाँडा र पिथौरागड जिल्लाको छार्चुममा  भारत सरकारको  सहयोगमा निर्माण गरिन लागेको मोटरेवल पुल सर्वे गरि एक महिना भित्रै काम सञ्चालन गर्ने तयारी स्वरुप आज दुई देशका पदार्धिकारीहरुले अवलोकन गरि पुन निर्माणका लागी सहमति भएको छ । नेपाल भारत जोड्ने मोटरेवल पुल निर्माण भए पश्चात दुवै देशको रोजगारी र आर्थिक क्षेत्रमा पनि सहयोग पुग्ने भारतीय अधिकार कर्मी तथा ईनजिनियर दिपक गुप्ताले बताउनु भयो । दार्चुला जिल्ला सरदमुकाम बाट १० किलो मिटर पश्चिम र भारतको धारचुलाबाट १२ किलोमिटर पश्चिममा निर्माण गरिन लागेको पुलको लम्बाई १ सय १० मिटर लामो पुल निर्माण गरिन लागेको छ । 

नेपाल सरकार र भारत सरकार बिच बैतडि जिल्ला र दार्चुला जिल्लामा पुल निर्माणका लागि सहमति भए पश्चात मोटरेवल पुल निर्माण कार्य सञ्चालनका लागी  दुवै देशका पदाधिकारीहरु विच एक हप्ता पहिलेबाट गृहकार्य गरिएको र आज स्थलगत अनुगमन गरि ठाँउ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताउनु भयो । नेपाल भारत जोड्ने मोटरेवल पुल निर्माणका लागी भारत सरकारले कुल १४ करोड ५४ लाख लागतमा निर्माण गर्न ठेक्का सम्झौता भईसकेको र एक महिना भित्रै निर्माण कार्य सञ्चालन गरिने गरि गृहकार्य भईरहेको बताएको छन । 

भने  १८ महिनामा निर्माण सम्पन्न गर्ने उदेश्यका साँथ काम सञ्चालन गरिने  भारतिय अधिकार क्रमी दिपक गुप्ताले जानकारी दिनु भयो । नेपाल भारत जोड्ने पुल निर्माण पश्चात दुवै देशका नागरिकहरुले रोजगारी पाउने र आर्थिक विकासमा पनि सहयोग पुग्ने स्थानीयहरुले अपेक्ष्या गरेका छन ।