एक वर्षको अवधिमा २१ जनाले गरे आत्महत्या

३ बर्ष अघि

२0७८ भाद्र १३ आईतवार

एक वर्षको अवधिमा २१ जनाले गरे आत्महत्या

दार्चुला । दार्चुलामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढदै गएको पाइएको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । गत आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै जिल्ला भरी २१ जनाले आत्महत्या गरेका छन् ।  गत आर्थिक वर्षको साउन देखि असार मसान्त  सम्ममा २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर एरीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा आत्महत्या गर्ने १७ वर्षीय बालिकादेखि ७२ वर्षसम्मका वृद्ध छन् । जिल्लामा गत वष जम्मा २१ जनामध्ये ९ जना पुरुष, दुई जना बालिका र अन्य १० जना महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक  ऐरीका अनुसार  अधिकाशंले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार गत वर्षको साउन महिना महिनामा २ जना पुरुष १ जना महिला गरी ३ जनाले आत्महत्या गरेका छन भने भदौ महिनामा १ जना महिला तथा १ जना पुरुषगरी २ जनाले आत्महत्या गरेका छन ।  यस्तै असोजमा १ जना पुरुषले आत्महत्या गरेको पाइएको छ । कार्तिक महिनामा २ जना पुरुष मंसिरमा १ जना महिला पुसमा सबै भन्दा बढि ४ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै माघ महिनामा २ जना महिला फागुनमा समान १÷१ जना महिला पुरुष चैत्र महिनामा १ महिला बैशाखमा १ जना पुरुष जेठ महिनामा १ जना महिला तथा असार महिनामा १ जना पुरुषगरी २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको  छ ।