महाकाली लोकमार्ग अवरुद्ध

३ बर्ष अघि

२0७८ भाद्र १२ शनिबार

महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । दार्चुलाको महाकाली लोकमार्ग अन्तरगत  खलंगा गोकुलेश्वर सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर एरीले जानकारी दिनुभयो । यस्तै शुक्रबार रातीको बर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिका अन्तरगत समेत सडक अवरुद्ध भएको बताइएको छ । शनिबार विहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर मेसिन प्रयोग गरिएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् । भने गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु अलपत्र परेका छन् ।