धौलीगंगाको बाँध खोलिने, नदी किनारमा सतर्क रहन आग्रह

३ बर्ष अघि

२0७८ भाद्र ९ बुधबार

धौलीगंगाको बाँध खोलिने, नदी किनारमा सतर्क रहन आग्रह

दार्चुला । भारतको पिथौरागढ जिल्ला धारचुला नगरपञ्चायतमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु यहि भाद्र १० गते विहिबार बिहान बाट खोलिने भएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मको लागि धौलीगंगा बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले पत्र मार्फत जानकारी गराएको छ । 
परियोजनाको जलाशयमा पानीसँगै आएको बलुवा माटो लगायतका बस्तु (सिल्ट) धेरै मात्रामा जम्मा भएका जलविद्युतको बाँधका ढोकाहरु खोल्नेबारे भारतीय प्रशासनले जानकारी गराए पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदि तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको हो ।  जिल्ला प्रशासन कार्यालयको पत्र