गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको अनुरोध

३ बर्ष अघि

२0७८ भाद्र ९ बुधबार

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको अनुरोध

दार्चुला । सुदुरपश्मिेलीहरुको महान चाड गौरा पर्वको अवसरमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी सबै नागरिकहरुलाई सतर्क रहन तथा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गर्न अनुरोध गर्ने निर्णय गरको छ । बुधबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको कोभिड— १९ व्यावस्थापन समितिको बैठकले गौरा पर्वमा भिडभाड नगर्ने तथा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गराउने निर्णय गरेको छ । दार्चुला जिल्लामा रहेका नेपाल भारत जोड्ने सिमापुलहरु सञ्चालनमा रहेकोले उक्त नाकाहरुबाट जिल्ला भित्रिने नागरिकको सम्बन्धित स्थानीय तहहरुले एन्टिजेन परीक्षणको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । भिडभाड नहुने ढंगले आ–आफ्नो पालिका भित्र व्यवस्थापन गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । कोरोनाको तेस्रो लहरले खासगरी १८ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई संक्रमण हुने उच्च जोखिम रहेकोले सबै नागरिकलाई आ–आफ्ना बच्चाहरुको स्वास्थ्य अवस्थालाई ख्याल राख्दै भिडभाड हुने स्थानहरुमा नपठाउन समेत अनुरोध गरिएको छ ।