दुहुँ गाउपालिका मदिरा निषेधित पालिका हुने (निर्णय सहित हेर्नुहाेस )

६ बर्ष अघि

२0७५ श्रावण ३१ बिहीबार

दुहुँ गाउपालिका मदिरा निषेधित पालिका हुने (निर्णय सहित हेर्नुहाेस )

दृष्टीकोण समाचार दार्चुला । 
दार्चुला जिल्लाको दुहुँ गाँउकार्यपालिकाको बैठक बसि  गाँउपालिकालाई मरिदा निषेधित गाँउपालिका बनाउने निर्णय गरेको छ । 
दुहुँ गाँउकार्यपालिकाको बुधबार सम्पन्न बैठकले गत आर्थिक बर्षमा पारित गरिएको निर्णयलाई परिमार्जन सहित आर्थिक बर्ष २०७५ ÷७६ बाट दुहुँ गाँउपालिकालाई मदिरा निषेधित गाँउपालिका बनाउने निर्णय गरिएको दुहँु गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकरी दिनु भयो । गाँउघरमा महलिा हिंसा, गरिबि, घरेलु हिंसा तथा सामाजिक अशान्तिको पहिलो कारण मदिरा रहेकाले अव दुहुँ गाउपालिका क्षेत्र भित्र मदिरा विकृवितरण तथा ओषापोसार गर्न नपाईने दुहुँ गाँउपालिकाले जनाएको छ । बुधबार सम्पन्न गाँउकार्यपालिकाको बैठकले दुहुँ गाँउपालिका भित्र रहेका सबै सरोकारवाला निकायहरुलाई परिचालन गरि मदिरा नियन्त्रणमा ठुलो सहयोग पुग्ने अध्यक्ष कार्कीले बताउनु भयो । 
समाजमा रहेका सबै आमा समुह जिम्मेवार वर्ग, स्थानीयहरु तथा जनप्रर्ति निधिहरुले मदिरा नियन्त्रण तथा समाज परिवर्तनमा हातमा हात मिलाएर अगाडि बढ्ने र समाजमा हुने विकृति विसंगतीहरुको अनत्य गर्न लागि पर्ने भएकाले सबै वडा अध्यक्षहरुको नेत्रीत्वमा वडा अध्यक्ष टोल सुधार कार्यक्रमलाई निरन्तरता दिने र जनचेतना जोगाउने निर्णय समेत गरिएको दुहु गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । 

बुधबार बसेकाे गाँउकार्यपालिका बैठकले गरेकाे निर्णय तथा सिकार्इहरू

गत बर्षकाे निर्णय परिणाम मूखी हुन नसकेको स्विकार गर्दै, 
* गाँउका अधिकाशं न्यून अाय भएका मानिसहरूकाे विपन्नताकाे मुख्य कारण मदिरा ।
* सामाजिक अशान्तिको मुख्य कारण मदिरा।
* महिला हिंसा काे मुख्य कारण मदिरा ।
* सांस्कृतिक bikritiकाे प्रमुख कारक मदिरा।
* अस्वस्थताकाे प्रमुख कारक मदिरा ।
यश कारण साे अभियानका कमि बाट पाठ सिक्दै दृढताकासाथ अभियान अगाडि बढाउने निर्णय ।
मदिरा निषेध अभियान देहायका कारणहरूले प्रभावकारी हुन नसकेको निष्कर्ष गाँउपालिकाकाे रहेकाे छ।
१. गाँउपालिका तथा वडाहरूले सबै सराेकार पक्षलाई अभियानमा क्रियाशील गराउन सकेन ।
२. पिडित र उत्साही अामा समुहहरूलाई सहयाेग र संरक्षण गर्न सकिएन ।
३. सुरक्षा निकायकाे पँहुच सबै ठँाउमा पुग्न सकेन ।
४. समाजकाे सचेत वर्गलाई जिम्मेवार र जवाफदेही बनाउन सकिएन ।
५. दण्ड जरिवाना मा फितलाेपनाका कारण कालाेबजारी बढेकाे।
सिकाई का अाधारमाः
१. वडा अध्यक्ष टाेल सुधार कार्यक्रम लाई याे अभियानको लिडिङ कार्यक्रम बनाउनेे ।
२. अामा समूह र टाेल विकास समितिहरूलाई टाेलकाे जिम्मेवारी लिन सक्षम बनाउने।
३. वडा कार्यालय, सुरक्षा निकाय, अामासमुहकाे कुशल समन्वय कायम गर्ने ।
असफलहुदैमा असलकाम छाेडनु भन्दा सिक्दै सफलहुने तिर उभिनु गाँपालिकाकाे कर्तव्य ठान्दै समाज सुधारको अभियानमा सल्लाह सुझाव र सहयाेगकाे अपिल गर्ने निर्णय दुहँ गाँउपालिकाले गरेकाे छ ।