युवासंघ दार्चुलाको जिल्ला कमिटी घोषणा

३ बर्ष अघि

२0७८ भाद्र ८ मंगलवार

युवासंघ दार्चुलाको जिल्ला कमिटी घोषणा

दार्चुला । राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला कमिटीले पुर्णता पाएको छ । नेकपा एमालेको भातृ संगठन युवासंघले मंगलबार खलंगामा जिल्ला कमिटी घोषणा भेलाको आयोजना गरी पदाधिकारी, विभाग र पालिका संयोजक, सहसंयोजकको टुगों लगाएको हो । अनिल ठगुन्नाको अध्यक्षतामा युवा संघ दार्चुलाको कमिटी विस्तार गरिएको नेकपा एमाले दार्चुलाका जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । युवासंघ दार्चुलाको उपाध्यक्षमा पुष्करसिह कार्की, गौरीलाल खडायत र निरज धामी चयन भएका छन् । सचिवमा पदमसिह बोहरा, सहसचिव भुमिराज भट्ट र नरेन्द्र बहादुर बम चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी जानकी पालले पाएको जोशीले बताउनुभयो । युवासंघले युथ फोर्स विभागको समेत प्रमुख र उपप्रमुख चयन गरेको छ । इन्द्र ऐरी प्रमुख रहेको युथ फोर्समा लोक बिक्रम सामन्त उपप्रमुख चयन हुनुभएको छ । मंगलबारको भेलाले दार्चुलाका नौँ वटै स्थानीय तहका संयोजक र सहसंयोजक समेत चयन गरेको जोशीले बताउनुभयो । नवनिर्वाचित पदाधिकारीहरुले आजै सपथ ग्रहण गरेका छन् । अनिल ठगुन्नाको अध्यक्षतामा आयोजित जिल्ला भेलामा नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव एबं सुदूरपश्चिम प्रदेश संयोजक सन्तोषप्रकाश जोशी र केन्द्रीय सचिव मिलन सिंहको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले दार्चुलाका नेताहरु खडकसिंह बडाल, हिरासिंह धामी, गौरी बडाल, कमला बिष्ट, खेमराज जोशी लगायतको आतिथ्यता रहेको थियो ।