मिनिट्रक दुर्घटना अपडेटः सहचालकले चलाउदा दुर्घटना भएको आशंका

३ बर्ष अघि

२0७८ भाद्र ५ शनिबार

मिनिट्रक दुर्घटना अपडेटः सहचालकले चलाउदा दुर्घटना भएको आशंका

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ९ बेतमा शुक्रबार राती ८ बजेतिर मिनिट्रक दुर्घटनामा भएको छ । दुर्घटनामा सवारी साधनमा क्षती बाहेक अन्य कुनै मानविय क्षती नभएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । घटनास्थलमा उद्धारका लागि राती नै पुगेका डिएसपी भट्टले ट्रकको अगाडीको भागमा क्षती भएको बताएका छन् । ‘भेरि ग्यास बोकेर सदरमुकाम खलंगाबाट गोकुलेश्वर जादाँ दुर्घटना भएको हो ।  राती पानी परिरहेको थियो, दुर्घटना भएको क्षेत्रमा नेटवर्कले पनि काम राम्ररी नगर्ने भएकाले चालक संग सम्र्पक हुन सकेन, विहान सम्पर्क गरि घटनाबारे बुझिरहेका छौ’ डिएसपी भट्टले भन्नुभयो । मिनिट्रकको चालक चुच्चैमा पार्क गरेर दार्चुला सदरमुकाम फर्किएको र चाबी सहचालकलाई दिएको बुझिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । सहचालक गगन सिह धामी प्रहरीको सम्पर्कमा आएको उहाँको भनाई छ । मिनिट्रक साहुसंग सम्पर्क भइरहेको उहाँको भनाई छ । शुक्रबार बेलुका चुच्चैबाट भरेको ग्यास सिलेण्डर बोकेर गोकुलेश्वरतर्फ गइरहेको से १ ख १०५६ नम्बरको मिनिट्रक राती आठ बेजेतिर दुर्घटना हुदाँ सडकबाट अन्दाजी २० मिटर तल बेतखोलामा खसेको थियो । दुर्घटना हुदाँ मिटिट्रक कसले चलाइरहेको थियो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप जानकारी लिने प्रयास भइरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।