नौगाड गाउँपालिका वडा नम्बर २ पूर्ण जेड स्कोर मापन घोषित

३ बर्ष अघि

२0७८ भाद्र ५ शनिबार

नौगाड गाउँपालिका वडा नम्बर २ पूर्ण जेड स्कोर मापन घोषित

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ मा रहेका पाँच वर्षमुनिका सबै बालबालिकाको जेड स्कोर मापन कार्य सम्पन्न भएको छ । सुण्डमुण्ड आधरभुत स्वास्थ्य  सेवा केन्द्र अन्तरगत रहेका ६ महिना देखि ५९ महिनामुनिका सबै बालबालिकाहरुको जेड स्कोर अर्थात उचाई अनुसार तौल मापन कार्य सम्पन्न भएको गरिएको सुण्डमुण्ड आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मदन सिंह ठगुन्नाले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर २ स्थित सुण्डमुण्ड आधारभुत स्वास्थ्य  सेवा केन्द्र अन्तरगत रहेको २ सय २८ जना बालबालिकाहरुको जेड स्कोर मापन सम्पन्न भएको हो । पाँच वर्षमुनिका जम्मा बालबालिकामध्ये ४ जना बालबालिका कडा शिघ्र कुपोषित, ४७ जना मध्यम शिघ्र कुपोषण,र १ सय ७७ जना बालबाािलका सामान्य रहेका छन । कुल बालिकाहरुको जेड स्कोर मापन  असार अन्तिमदेखि सुरु गरिएको जेड स्कोर मापन अभियान अन्तरगत वडा नम्बर २ का सबै बालबालिकाहरुको जेड स्कोर मापन गर्ने कार्य सम्पन्न भएपछि वडास्तरीय पूर्ण जेड स्कोर मापन घोषणा कार्यक्रम गरिएको हो । सुण्डमुण्ड आधरभुत स्वास्थ्य  सेवा केन्द्र क्षेत्रभित्रका सबै बालबालिकाहरुकोे जेड स्कोर मापन कार्य सम्पन्न भएसंगै शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच जेड स्कोर मापन घोषणा कार्यक्रम गरिएका सुण्डमुण्ड आधरभुत स्वास्थ्य  सेवा केन्द्रका प्रमुख ठगुन्नाले बताउनु भयो । स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष नरेन्द्र सिंह ठगुन्ना अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति पदाधिकारी, स्वास्थ्यसकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।