जिल्ला अस्पतालबाट ४ सय ६२ जनाले लिए सुरक्षित प्रसूति सेवा

३ बर्ष अघि

२0७८ भाद्र ४ शुक्रबार

जिल्ला अस्पतालबाट ४ सय ६२ जनाले लिए सुरक्षित प्रसूति सेवा

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा एक वर्षको अवधिमा ४ सय ६२ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७७÷०७८मा  जिल्ला अस्पतालमा यो सेवा लिएका हुन् ।सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवातर्फ ४ सय २५ जना, शल्यक्रिया २० जना तथा १५ जानालाई अस्पतालबाट रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रशासन शाखा प्रमुख आन सिह डागाले जानकारी दिनुभयो ।

अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र ९बर्थिङ सेन्टर० र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने संख्या वृद्धि भएको उहाँले बताउनु भयो । पछिल्लो समय अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन्। जिल्ला अस्पताल दार्चुलामा गत वर्ष मात्रै १ हजार १ सय ८१ जनालाई बेड भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

गत आर्थिक वर्षमा ९ सय १५ जनालाई गर्भवती जात सेवा लिएको प्रशासन प्रमुख डागाले बताउनु भयो ।यस्तै एक वर्षमा इमरजेन्सी सेवा लिनेको संख्या ४ हजार ८ सय १३ जना छन भने १ सय ५२ जनालाई इमरजेन्सीबाट रिफर गरिएको छ  । अस्पतालका अनुसार डेन्टल सेवाबाट १सय ६९ जनाको उपचार गरिएको छ । एक वर्षमा अस्पतालबाट स्वास्थ्य विमामार्फत ८सय २९ जनाले सेवा लिएका छन् ।

ल्याब सेवातर्फ ८ हजार ७ सय १३ जनालाई सेवा दिइएको छ । गत वर्षमात्रै एक्सरे सेवा लिनेको संख्या ४ हजार १ जना तथा एचआइभि एडस सम्बन्धि सेवा लिनेको संख्या ४५ जना रहेको अस्पताले जनाएको छ । एक वर्षको अवधिमा १२ हजार ९सय ३० जनाले ओपिडि सेवा लिएको अस्पतालले जनाएको छ ।