३ हजार ४०५ जनाले बनाए राष्ट्रिय परिचय पत्र

३ बर्ष अघि

२0७८ भाद्र १ मंगलवार

३ हजार ४०५ जनाले बनाए राष्ट्रिय परिचय पत्र

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत वर्षको असोज ९ गतेदेखि हालसम्म ३ हजार ४ सय ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । कार्यालयका अनुसार असोज ९ गते देखि साउन मसान्त सम्म सो संख्यामा राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार गत वर्षको असोज महिनामा ५४ जना महिला तथा १५१ जना पुरुष गरी २ सय ५ जनालाई  राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । यस्तै कार्तिक महिनामा ७ जना महिला तथा ५४ जना पुरुषगरी ६१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।यस्तै मंसिर महिनामा १०१ महिला ३२२ जना पुरुष गरी ४ सय २३ जना पुस महिनामा १३५ महिला ३५६ पुरुष गरी ४९१ जना माघ महिनामा १९४ जना महिला तथा ३४० जना पुरुष गरी ५३४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको साहयक प्रमुख जिल्ला अधिकारी एव सुचना अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनु भयो । यस्तै फागुन महिनामा १७४ जना महिला २८९ जना पुरुष गरी ४६३ जना चैत्र महिनामा १८५ जना महिला ३०३ जना पुरुषगरी ४८८ जना बैशाख महिनामा ३३ जना महिला तथा ७८ जना पुरुषगरी १११ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको सुचना अधिकारी भट्ट जोशीले बताउनु भयो । जेठ महिनामा कोरोना महामारीका कारण सेवा बन्द गरिएको बताइएको छ ।  पुन असार महिनामा ४७ जना महिला १५६ जना पुरुषगरी २०३ जना तथा आर्थिक वर्षको साउन पहिलो महिनामा मात्रै ११० जना महिला तथा ३१६ जना पुरुष गरी २०३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । गत वर्षको असोज ९ गते  जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी सुरु गरिएको यो कार्यक्रम अहिले निरन्तर रुपमा संञ्चालनमा रहेको छ । पछिल्लो समय जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिहरुको राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण सङ्कलन गर्न लागिएको बताइएको छ ।सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ । दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।