दार्चुलामा ५५ वर्ष माथिका सबैलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाइदैँ

३ बर्ष अघि

२0७८ भाद्र १ मंगलवार

दार्चुलामा  ५५ वर्ष माथिका सबैलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाइदैँ

दार्चुला । दार्चुलाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका ९२ वटा खोपकेन्दहरु बाट आजदेखि कोभिसिल्डको दोस्रोडोज खोप लगाइदैँ छ । यसका लागि स्वास्थ्य कार्यालय दार्चुलाले आइतबार र सोमबार हिजो जिल्लाका ९ वटै स्थानीय तहमा  कोभिसिल्डको दोस्रोडोज खोप पठाएको सकेको जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टका अनुसार दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका खोपकेन्द्रहरुमा खोप पठाइएको बताएका हुन । जिल्लाको शैल्यशिख नगरपालिकामा २३ सय ३० जनाको लागि खोप पठाइएको छ भने मालिकार्जुज गाउँपालिकामा १८सय ४० डोज खोप पठाइएको छ । यस्तै जिल्लाको मार्मा गाउँपालिका तथा लेकम गाउँपालिकामा समान १६सय ८० ÷१६सय ८० डोज खोप पठाइएको बताइएको छ ।अपि हिमाल गाउँपालिकाका लागि ८ सय डोज तथा नौगाड गाउँपालिकाका दुईवटा ठाउँका लागि ७सय ५० डोज खोप पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सोमबार हिजो जिल्लाको व्यासँ गाउँपालिकामा १४ सय डोज खोप पठाइएकोे छ । यस्तै दुहुँ गाउँपालिकामा १३ सय तथा महाकाली नगरपालिकामा २ हजार डोज खोप पठाइएको छ ।  मंगलबार आज १ गते देखि विहिबार ३ गते सम्म जिल्लाभर कोभिसिल्डको दोस्रोडोज खोप लगाइने कार्यक्रम तय भएको छ ।  जिल्लामा झण्डै १४ हजार  ५ सय जना ५५ वर्षमाथिका सबै व्यतिmलाई कोभिसिल्डको दोस्रो डोज लगाउने तयारी भइरहेको छ । यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले जिल्लामा १५ हजार कोभिसिल्डको खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हालसम्म दार्चुलामा ३६ हजार सात सय ७९ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाउन पाएका छन । दार्चुलामा कोभिसिल्डको पहिलो मात्रा १७ हजार ३सय १५ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ । कोभिसिल्डको दोस्रो डोज २ हजार ६ सय ७९ जनाले लगाएका छन्।