३ बर्ष अघि
२0७८ श्रावण ३२ सोमबार
दार्चुला । पछिल्लो समय दार्चुला जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढदै गइरहेको छ । जिल्ला अस्पताल दार्चुलका अनुसार साउन १३ गते देखि ३१ गते सम्म २६ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर पुजा बमले जानकारी दिनुभयो । दार्चुलाको महाकाली नगरपालिकाका १५ जना , मालिकार्जुन गाउँपालिकाका ८ जना, व्याँस गाउँपालिकाका १ जना, लेकम गाउँपालिकाका १ जना र नौगाड गाउँपालिकाका १ जना रहेको डाक्टर बमले बताउनु भयो । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । साउन १३ गते देखि हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका २६ जना बिरामीलाई घर पठाइएका अस्पतालमा रहेको छ । चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, हाडजोर्नि दुख्ने, खाना मन नलाग्ने, थकान लाग्ने, लक्ष्यण देखा पर्ने डाक्टरहरुले बताएका छन् ।