भारतमा थप ३६ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण ३१ आईतवार

भारतमा थप ३६ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार १२७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ९१ हजार ९५४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९२ हजार २४१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार २५३ पुगेको छ ।