प्रहरीले ‘तपाईंको मास्क खोई कार्यक्रम अन्तरर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण

३ बर्ष अघि

२0७८ श्रावण ३0 शनिबार

प्रहरीले ‘तपाईंको मास्क खोई  कार्यक्रम अन्तरर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण

दार्चुला । दार्चुलामा कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खोई रु’ अभियान सञ्चालन गरिरहेको छ। दार्चुला प्रहरीले उक्त कार्यक्रम अन्तर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । मास्क अभियानको अवसरमा गोकुलेश्वरमा इलाका प्रहरी कार्यालयले मास्क बैंकको स्थापना गरेर विपन्न नागरिक र मास्क नलगाएका मानिसलाई मास्क वितरण गर्दै मास्क लगाउने सहि तरिका सिकाउने गरिएको छ । जिल्लाका विभिन्न प्रहरी चौकीहरुले समेत तपाईको मास्क खै  अभियान सञ्चालन गरेर मास्क बारे सचेतना फैलाउने काम गरिरहेका छन् । प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ जनाबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४२ हजार १ सय रुपैँया राजस्व समेत संकलन गरेको जनाएको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकोले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न प्रशासनले समेत अनुरोध गरेको छ ।