महाकाली लोकमार्ग तीन दिन पछि सुचारु

६ बर्ष अघि

२0७५ श्रावण ३0 बुधबार

महाकाली लोकमार्ग तीन दिन पछि सुचारु

दृष्टिकोण समाचार दार्चुला 
दार्चुला गोकुलेश्वर सडक खण्डमा रहेको महाकाली लोगमार्ग अवरुद्ध भएको तीन दिन पछि सुचारु भएको छ । 
मालिकार्जुन गाँउपालीका वडा नं.३ तेर्सेलेकमा सोमबार माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । उक्त पहिरो  सडक डिभिजन कार्यालय बैतडिले डोजर लगाएर पहिरो हटाएर  बुधबार दिउसोबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएका छन । महाकाली लोक मार्ग अबरुद्ध हुदा छोटो तथा लामो दरीका सवारी साधनहरु गन्तव्यमा पुग्न सकेका थिएन भने आज दिउसो ३ बजेबाट सुचारु हुदा सबै गाडिहरु गन्तव्य तर्फ लागेका छन ।