नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, थप २० को मृत्यु

३ बर्ष अघि

२0७८ श्रावण ३0 शनिबार

नेपालमा थप  २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, थप २० को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप २० संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६ सय ६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ९० पुगेको छ । जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ४ सय ५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आजसम्म नेपाल १० हजार २ सय ५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।