कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि दोस्रो मात्रा लगाउँदा पनि उत्तिकै प्रभावकारी हुने

३ बर्ष अघि

२0७८ श्रावण ३0 शनिबार

कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि दोस्रो मात्रा लगाउँदा पनि उत्तिकै प्रभावकारी हुने

काठमाण्डौ । सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने भन्दै ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो मात्रा लगाएको लामो समय पछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारीता रहने बताएको हो । अध्ययनहरुले नै पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने पुष्टि भएकोले शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ । भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिक लगायतलाई दोस्रो मात्राका रुपमा अहिले सरकारले अष्ट्राजेनेका खोप दिइरहेको छ । यी दुई खोप एउटै प्रकृतिका भएकोले कोभिशिल्ड लगाएकाहरुले ढुक्क भएर अष्ट्राजेनेका खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । उज्यालो बाट